अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४१ | Colorodo: 13:56

कोभिडविरुद्धको खोप लगाएका ३३ देशका यात्रीलाई अमेरिकी सीमा खुल्यो

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:२४ मा प्रकाशित

अमेरिकाले आगामी नोभेम्बर ८ देखि कोरोना विरुद्धको पूर्ण खोप लगाएका ३३ देशका यात्रीका लागि सीमा खुला गर्ने निर्णय गरेको छ ।अमेरिकाले आफनो देशमा यात्रा गर्ने हरेक यात्रुले यात्राको समय भन्दा अगाडी ७२ घण्टाभित्र कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम लागु गरेको छ ।

नयाँ नियम अनुसार अमेरिकाले २६ यूरोपेली देशका साथै ब्राजिल, बेलायत, चीन, भारत, इरान आयरल्यान्ड र दक्षिण अफ्रिकालाई यो नियम लागू हुने जनाइएको छ । योसँगै गत वर्षको सुुरुदेखि यात्रामा लगाइएको कठोर प्रतिबन्ध अन्त्य हुनेछ । यो नीति सार्वजनिक स्वास्थ्य, कठोर अनि सुसंगत नीतिद्वारा निर्देशित भएको ह्वाइट हाउसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू