अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०२ | Colorodo: 07:17

पाकिस्तानको क्वेटा सहरमा बम विस्फोट, एक सुरक्षाकर्मीको मृत्यु १७ घाइते

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:२४ मा प्रकाशित

पाकिस्तानको क्वेटा सहरमा बम विस्फोटमा परेर एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।दक्षिण पश्चिम पाकिस्तानको बलुचिस्तान विश्वविद्यालयको क्वेटा क्याम्पसको गेटमा विस्फोट गराइएको हो ।सुरक्षाकर्मी सवार गाडीलाई लक्षित गरी विस्फोटक गराइएको प्रत्यक्षदर्शीलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विस्फोटमा १३ सुरक्षाकर्मी र चार जना सर्वसाधारण रहेको बताइएको छ । घाइतेहरुको सैन्य अस्पतालमा उपचार भइरहेको छ । बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा सशस्त्र जातीय समूहले सुरक्षाकर्मीलाई लक्षित गरी निरन्तर विस्फोट गराउँदै आएका छन् । तर हालसम्म सो घटनाको कुनै समूहले जिम्म लिएको छैन ।

बलुचिस्तान प्रान्तको जातीय बलूच बहुल क्षेत्रका लागि अधिकार, स्वायत्तता र वा स्वतन्त्रताको माग गर्दै एक दशक भन्दा लामो समयदेखि सो समूहले सुरक्षाकर्मी र सर्वसाधारणलाई लक्षित गर्दै बम बिस्फोट गराउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू