अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४६ | Colorodo: 03:01

नेप्सेमा उच्च गिरावट, आज ७७ अङ्कले घट्यो

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:२२ मा प्रकाशित

शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि उच्च अङ्कले घटेको छ । हिजो झन्डै ७० अङ्कले घटेको नेप्से आज ७७ दशमलव ३३ अङ्कले घटेर दुई हजार पाँच सय १० दशमलव ७३ विन्दुमा झरेको छ । आज केहीबेर नेप्से एक सय अङ्कभन्दा धेरैले घटेर २५ सय विन्दुभन्दा तल झरे पनि बन्द हुने बेलामा २५ सय विन्दुभन्दा माथि पुगेर रोकिएको हो ।

आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, विकास बैंक, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय २१ कम्पनीको शेयर कारोबार भएकोमा दुई सय ११ वटा कम्पनीको शेयर घटेको छ ।

नेपाल हाइड्रो डेभलपर्स र नेशनल हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे भए पनि माहुली सामुदायिक र मानुषी लघुवित्त कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले बढेको छ । आज ९५ लाख ७२ हजार कित्ता शेयर तीन अर्ब ७७ करोड रुपैयाँमा कारोबार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू