अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१२ | Colorodo: 10:27

नेपालमा थप १ हजार ९६ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:२१ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा पिसिआर परीक्षणमा ९ सय ५७ र एन्टिजेन परीक्षणमा १ सय ३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

२४ घण्टामा ८ हजार १ सय ४० जनाको पीसीआर परीक्षण र १ हजार ७ सय ७८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । हाल देशभर ११ हजार ८ सय १५ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार १ हजार ४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।त्यस्तै, पछिल्लो २४ घण्टामा १२ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुने संख्या ११ हजार ३०५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू