अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

प्रतिनिधिसभाको बैठक दुई दिन पछि सर्यो

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:२१ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक दुई दिन पछि सरेको छ ।संघीय संसदको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै कार्तिक ९ गते बोलाएको बैठक कार्तिक ११ गते दिउँसो २ बजेका लागि तोकिएको जानकारी दिनुभयो ।सचिवालयका महासचिव डा. भरतराज गौतमले सभामुखले बैठक दुई दिन पछि सार्न निर्देशन दिएपछि सारिएको बताउनुभयो ।

विज्ञप्तिमा कार्तिक ९ गते बैठक बस्न नसक्ने जनाइए पनि उपयुक्त कारण भने खुलाइएको छैन । यसअघि भइरहेका प्रतिनिधिसभा बैठक नेकपा एमालेका सांसदहरूले अवरुद्ध गर्दै आएका छन् । यद्यपि अवरोधकै बीच सभामुखले नियमित कारबाही जारी राख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू