अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 18:35

बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:२० मा प्रकाशित

बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । बझाङको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार गएको पहिरोमा पर्री २३ जना बेपत्ता भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रबक्ता बिक्रम बहादुर चन्दका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीको परिवारका ५ जना रहेका छन् ।

पहिरोका कारण थलाराका दुई गाँउका स्थानीय विस्थापित भएका छन भने ७ घर पुरिएका छन । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेको प्रहरीले जनाएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा टेलिफोन अबरुद्ध भएका कारण थप जानकारी लिन समस्या भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू