अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४२ | Colorodo: 04:57

माओवादीको टोलदेखि प्रदेशसम्मको सम्मेलन कार्यतालिका हेरफेर

बिआरटीनेपाल २०७८ कार्तिक २ गते ६:१८ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र) ले प्रदेश पार्टी कमिटीसम्मको सम्मेलन कार्यतालिका हेरफेर गरेको छ । मंगलबार बसेको स्थायी कमिटी बैठकले टोल, वडा, पालिका र प्रदेश कमिटीका सम्मेलनको कार्यकातालिका हेरफेर गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

पार्टी सदस्यता नवीकरण कार्तिक २५ गतेसम्म गर्ने गरी कार्यतालिका हेरफेर गरिएको उहाको भनाई छ । यसैगरी, टोल सम्मेलन कार्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका (गाउँपालिका, नगरपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका) सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म गर्ने गरी समय थपिएको महराले बताउनुभयो ।

माओवादीले राष्ट्रिय सम्मेलन भने निर्धारित समयमै गर्ने भएको छ । प्रवक्ता महराले राष्ट्रिय सम्मेलनको मिति यथावत् रहेको बताउनुभयो । माओवादीले राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गतेका लागि तय गरेको छ ।

त्यस्तै, माओवादीले १ सय ४९ जनाको सल्लाहकार समिति, ९९ जनाको ज्येष्ठ कम्युनिस्ट मञ्च, पेशलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग र टंक राईको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग पनि गठन गरेको महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू