अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३५ | Colorodo: 00:50

जम्मु काश्मिरमा सेना र आतंकवादी समूहबीच मुठभेड, दुई सैनिकसहित ९ को मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक १ गते ७:४६ मा प्रकाशित

भारत प्रशाशित प्रदेश जम्मु काश्मिरमा बिगत केही दिनदेखि सेना र आतंकबादी समुहबीचको मुठभेडमा दुई सैनिक सहित ९ जनाको मृत्यु भएको छ ।कश्मिरबाट सय किलोमिटर टाढा सरनकोट स्थित एक गाउँमा आतंकबादी समुहविरुद्धको कारबाही अभियानका क्रममा दोहोरो मुठभेड भएको हो ।

अभियानको अघिल्लो दिन आतंकवादी समूहले चलाएको गोली लागि पाँच सैनिकको मृत्यु भएको भएपछि उनीहरुविरुद्ध कारबाही तीव्र पारिएको हो । गाउँको नजिकै जंगलमा वर्षौदेखि पकड जमाई बसेका आतंकवादी समुहमाथि सेनाले कारबाही गर्दा उनीहरुतर्फ दर्जनौं घाइते भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू