अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०९ | Colorodo: 20:24

नुवाकोटको किस्पाङ गाउँपालिकामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ४२ जना घाइते

बिआरटीनेपाल २०७८ कार्तिक १ गते ७:४५ मा प्रकाशित

नुवाकोटको किस्पाङ गाउँपालिका ५ मानेगाउँमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । किस्पाङबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ नम्बरको बस दुर्घटना हुँदा किस्पाङ ५ बस्ने ३३ वर्षका रमेश तामाङको मृत्यु भएको हो ।

तामाङको ग्राण्डी अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले जानकारी दिनुभयो ।

बसमा सवार ५० जना मध्ये ४२ जना घाइते भएका छन् । जसमा गम्भीर घाइते भएका ३ जनाको ग्राण्डी अस्पताल, ७ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ भने अन्यको नुवाकोट स्थित त्रिशुली अस्पतालमा उपचार भइरहेको छ । ब्रेक फेल भएर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू