अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३१ | Colorodo: 09:46

साफ च्याम्पियनसिप उपविजेता फुटबल टोलीलाई भव्य स्वागत

बिआरटीनेपाल २०७८ कार्तिक १ गते ७:४२ मा प्रकाशित

साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार बिहान काठमाडौं आइपुगेको छ । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरू बिहान सवा ९ बजे कतार एयरवेजमार्फत त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् ।

फुटबल टोलीलाई स्वागत गर्न विमानस्थलमा सयौंको संख्यामा प्रशंसक उपस्थित भएका थिए । टिमको स्वागतका लागि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज पनि विमानस्थलमा जानुभएको थियो । उहाँले प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले नेपाली फुटबलमा आशा र भरोसा जगाएको भन्दै फुटबलको विकासका लागि मन्त्रालयबाट सक्दो पहल गर्ने बताउनुभयो । फुटबल टोलीको स्वागतमा नेपाली सेनाको ब्यान्डले मंगल धून बजाएको थियो । प्रशंसकहरूले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पक्षमा नारासमेत लगाएका थिए ।

माल्दिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा नेपाल भारतसँग ३–० ले पराजित भएपछि पहिलो पटक ठूलो प्रतियोगिताको उपाधिबाट वञ्चित भएको हो । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनल पुगेको हो । साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपालले २५ हजार अमेरिकी डलर प्राप्त गरेको छ ।

प्रतिक्रिया