अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 17:27

साफ च्याम्पियनसिपको उपविजेता टोलीलाई सरकारले नगदसहित सम्मान गर्ने

बिआरटीनेपाल २०७८ कार्तिक १ गते ७:३७ मा प्रकाशित

सरकारले साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली फुटबल टोलीलाई पुरस्कार प्रदान गर्ने भएको छ । प्रतियोगितामा उच्च प्रदर्शन गरेका खेलाडी र प्रशिक्षकलाई सरकारले नगद पुरस्कारसहित सम्मान गर्ने भएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले उनीहरूलाई सम्मान गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले साफ उपविजेता टोलीलाई सम्मान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सरकारले खेलाडीलाई जनही ५ लाख दिने र प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको प्रवक्ता कार्कीले बताउनुभयो । नेपाली फुटबल टोली साफ च्याम्पियनसिपको २८ वर्षे इतिहासमा पहिलोपटक फाइनल पुगेको हो । फाइनलमा भने नेपाली टोली भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो । नेपाली टोली आजै स्वदेश फर्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू