अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०३ | Colorodo: 14:18

म्यान्मारको सैन्य सरकारले ५ हजारभन्दा बढी मानिसलाई रिहा गर्ने

बिआरटीनेपाल २०७८ कार्तिक १ गते ७:३६ मा प्रकाशित

म्यान्मारको सैन्य सरकारले पाँच हजारभन्दा बढी मानिसलाई मुक्त गर्ने घोषणा गरेको छ । गत फेब्रवरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि रक्तपातपूर्ण विरोधप्रदर्शनहरू भएका थिए । त्यस क्रममा हजारौँ मानिसहरू पक्राउ परेका थिए भने सयौँ जनाको मृत्यु भएको थियो ।

म्यान्मारका सैन्य नेता जेनरल मिन ओङ ह्लाइङले मानवीय कारणले ५ हजार ६ सय ३६ बन्दीलाई रिहा गरिने बताउनुभयो । सेना प्रमुखलाई राजनीतिक सङ्कट अन्त्य गर्नका लागि पर्याप्त कदम नचालेको भन्दै एउटा वार्षिक क्षेत्रीय सम्मेलनमा आमन्त्रण नगर्ने निर्णय गरिएको केही दिनमा नै यस्तो घोषणा भएको हो ।

दक्षिण पूर्वी एशियाली देशहरूको सङ्गठन (आसियान) ले जेनरल मिन ओङ ह्लाइङको सट्टा म्यान्मारबाट एकजना गैरराजनीतिक व्यक्तिलाई निम्तो गर्ने निर्णय गरेको थियो । सेना प्रमुख मिन ओङ ह्लाइङले अक्टोबर महिनाको अन्त्यतिर पर्ने एउटा महत्त्वपूर्ण बौद्ध पर्वलाई ध्यान दिएर उनीहरूलाई रिहा गरिन लागेको बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू