अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

भारतको केरलामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुग्यो

बिआरटीनेपाल २०७८ कार्तिक १ गते ७:३५ मा प्रकाशित

भारतको दक्षिणी राज्य केरलामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ । लगातारको वर्षा र बाढीका कारण हालसम्म २६ जनाको मृत्यु भएको र दर्जनौ नागरिक बेपत्ता भएका छन् । केरला राज्य सरकारका अनुसार मृत्यु हुनेमा ५ जना बालबालिका पनि रहेका छन् । साथै मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।

केरलाको कोट्टयम जिल्लामा भारी वर्षाका कारण हजारौं घर प्रभावित भएका छन् भने लाखौं नागरिक उद्दारको पर्खाइमा रहेका छन् । विगत १ सातादेखिको वर्षाका कारण केरलाको विभिन्न क्षेत्रमा भूस्खलन हुने क्रम जारी छ । जसका कारण मानिसहरू थप प्रभावित भएका छन् । वर्षा र बाढीका कारण प्रभावित भएकाहरूको उद्दारमा भारतीय सेना परिचालन गरिएको छ ।

यसैबीच, केरलाका मुख्यमन्त्री पिनारई विजयनले केन्द्र सरकारसँग उद्दार र राहत उपलब्ध गराइदिनका लागि अपिल गरेका छन् । केरलामा यसअघि सन् २०१८ मा आएको भिषण बाढीका कारण ४ सय मानिसको मृत्यु भएको थियो भने १० लाखभन्दा बढी विस्थापित भएका थिए ।

यसैबीच, भिषण बाढीका कारण केरलाको विभिन्न नदीको बाँधहरूमा जलस्तर उच्च भएपछि हाई एलर्ट जारी गरिएको छ । लगातार परिरहेको पानीका कारण नदीहरूमा जलस्तर बढेपछि राज्य सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू