अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४५ | Colorodo: 06:00

दसैँ बिदापछि सुनचाँदी बजार आजबाट खुल्यो

बिआरटीनेपाल २०७८ कार्तिक १ गते ७:३२ मा प्रकाशित

दसैँं बिदापछि सुनचाँदी बजार आजबाट खुलेको छ । सार्वजनिक बिदाका कारण २६ असोजदेखि बन्द गरिएको सुन चाँदीको मूल्य तोक्ने कार्य पनि आजबाट सुरु भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । दसैँं बिदापछि खुलेको बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ ।

सुन तोलामा ७ सय रुपैयाँले महँगो भएको छ भने चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । आजका लागि छापावल सुनको भाउ ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ । गत असोज २५ गते छापावल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा खरीद बिक्री भएको थियो ।

यस्तै तेजावी सुनको कारोबार मूल्य ९० हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा आज कारोबार भईरहेको छ । असोज २५ गते चाँदीको भाउ तोलामा १ हजार १ सय ८० रुपैयाँ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू