अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

नन्कुन्नी धोबी र निर्मला कुर्मीको न्याय लागि ११ दिनदेखि धर्ना

बिआरटीनेपाल २०७८ कार्तिक १ गते ७:३१ मा प्रकाशित

बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि भन्दै स्थानीयहरुको धर्ना ११ दिन देखि जारी छ ।पीडितको न्यायका लागि भन्दै नेपालगञ्जदेखि २० दिनको यात्रा गरेर काठमाडौं आइपुगेका १५ जना पीडित परिवारका सदस्य तथा महिला अधिकारकर्मीहरुले माइतीघरमा धर्ना दिएका हुन् ।

पीडित परिवारले धोबी र कुर्मी दुबैको हत्यारालाई कारबाहीको माग गरेका छन् । न्यायका लागि रुबी खान लगायतको टोली आमरण अनसन बसेको ११ दिन भइसक्दा समेत सरकारले अभियुक्तलाई पक्राउ गरी अनुसन्धान नथालेको महिला अधिकार मञ्च बाँकेकी केन्द्रिय सदस्य सकिना तेलीले बताउनुभयो ।

बाँकेमा दुई महिलाहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीको परिवारकै मिलेमतोमा हत्या गरिएको भएपनि स्थानीय प्रहरी प्रशासनले मुद्धा दर्ता गर्न आलटाल गरेको र दोषीलाई पक्राउ नगरेको भन्दै पीडित परिवारले दोषीलाई कारबाहीको माग गरी असोज १ गतेदेखि नेपालगञ्जबाट पैदल यात्रा गरेको थियो ।

पीडित परिवारले दोषीलाई कारबाही गर्न तथा दोषी उपर कारबाही प्रक्रिया अगाडी नबढाउने जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएपी मधुसुदन न्यौपानेलाई विभागिय कारबाही गर्न माग गर्दै काठमाडौंस्थित माइतिघर मण्डलामा धर्ना शुरु गरेको छ । आफ्ना माग पूरा नहोउन्जेलसम्म धर्ना जारी रहने उनीहरुको अडान छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू