अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

नेपालमा थपिए ५ सय ९१ कोरोनाका नयाँ सङ्क्रमित, थप ९ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ कार्तिक १ गते ७:३० मा प्रकाशित

नेपालमा थप ५ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा ९ हजार ६ सय ९७ कोरोना परीक्षण गर्दा ५ सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अद्यावधिक विवरण अनुसार गत २४ घन्टामा देशभर ७ हजार ६ सय ५४ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ सय २३ जना र २ हजार ४३ एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा ६८ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

योसँगै हालसम्म नेपालमा आरटी पिसिआर विधिबाट ८ लाख ५ हजार ५ सय ६० र एन्टीजेन विधिबाट ९३ हजार ४ सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गत २४ घन्टामा देशभर रहेका सङ्क्रमितमध्ये थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने ९ सय ३७ जना स्वस्थ भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू