अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

एनआरएनएको कार्यकाल ६ महिना थपियो

बिआरटीनेपाल २०७८ असोज ३१ गते ६:२२ मा प्रकाशित

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ । एनआरएनएको हिजाे शनिवार भएको भर्चुअल बैठकले विधान बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो ।एनआरएनएको यथाशीघ्र ६ महिनाभित्र अधिवेशन गर्ने गरी कार्यकाल थप गरिएको संस्थाका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनुभयो । विधान अनुसार कार्यसमितिको कार्यकाल एक पटकका लागि मात्रै ६ महिना अवधि थप्न सकिने व्यवस्था छ ।

बैठकले एनआरएनएको १० औँ महाधिवेशन तथा चुनावकाे वातावरण बनाउने जिम्मा अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय र अध्यक्ष पन्तलाई जिम्मा दिइएको प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

एनआरएनएको महाधिवेशन प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयले संस्थाको चुनावसम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्न पत्राचार गरेको थियो । मन्त्रालयको पत्र बमोजिम २३ देखि २५ अक्टोबरका लागि तय गरिएको १० औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको थियो ।

बैठकले महाधिवेशन प्रतिनिधिका विषयमा आएका गुनासो सम्बोधन गर्न एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ । एनआरएनएको अध्यक्ष पदका लागि कूल आचार्य, रविना थापा र डा. बद्री केसीले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू