अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२४ | Colorodo: 19:39

सिन्धुलीमा नाै युवकद्वारा तीन किशाेरीमाथि सामूहिक बलात्कार

बिआरटीनेपाल २०७८ असोज ३१ गते ६:२० मा प्रकाशित

सिन्धुलीको कमालामाई नगरपालिका ५ बोझेका तीन किशोरीमाथि सामूहिक बलात्कार भएको छ । तीन बालिकालाई त्यही ठाउँमा बस्ने नौ युवकले हिजो शनिवार राति बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामभक्त भट्टराईले बलात्कार गर्नेमध्ये २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई पक्राउ गरिएको जानकारी दिनुभयो । बाँकी ६ जना फरार रहेका र उनीहरूको खोजी भइरहेको उहाँले बताउनुभयो ।

बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका रहेको बताइएको छ । बलात्कृत किशोरीका अभिभावकले किटानी जाहेरी दिइ यस घटनामा संलग्नलाई  कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मेडिकल जाँचका क्रममा पनि तीन किशोरीमाथि बलात्कार भएको खुलेको जनाइएको छ ।

कार्यालयका अनुसार दशैँका कारण अदालत बन्द भएकाले बलात्कार गर्नेलाई कारबाही गर्न अहिले पक्राउ पुर्जी लिइएको छ । अदालत खुलेपछि थुनामा राखेर अनुसन्धान गर्ने र म्याद थप लिइ थप कारबाही प्रक्रिया अघि बढाउने बढाइने छ । बलात्कार गर्नेमध्ये एक युवक र बलात्कृत हुने एक किशोरीबीच पहिलेदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू