अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१६
| Colorodo: 22:31
नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहानै थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनु भएको छ ।
एक्कासी दम बढेर छातीमा समस्या भएपछि अस्पताल ल्याइएको नर्भिकले जनाएको छ । वैद्यको धमको उपचार जारी रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
अस्पताल ल्याएलगत्तै उहाँको छातीको एक्सरे गरिएको थियो । उहाँको छातीमा सामान्य दाग समेत देखिएको छ ।