अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२७ | Colorodo: 05:42

एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीलाई दियो पूर्णता

बिआरटीनेपाल २०७८ असोज ३१ गते ६:१६ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ ।अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनमा स्थायी कमिटी र पोलिटब्यूरोका साथै केन्द्रीय कमिटीलाई विस्तार गरी कार्य विभाजन तोकिएको हो ।

एकीकृत समाजवादीमा वरिष्ठ नेता झलनाथ खनाललाई सम्मानित नेताको पदीय हैसियत दिइएको छ ।साथै विदेश विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ । मुकुन्द न्यौपाने र प्रदीप नेपाल नेता छन् ।

न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख र उद्योग व्यवसाय फाँट इन्चार्ज तथा नेपाललाई प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी दिइएको छ । ४२ सदस्यीय स्थायी कमिटी बनाएको एकीकृत समाजवादीमा ९४ सदस्यीय पोलिटब्यूरो छ ।\

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू