अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८
| Colorodo: 20:33
नेपालमा पछिल्लो २४ घण्टामा ३९१ जना कोरोना संक्रमित थपिएका छन् ।देशभर ६ हजार ९६६ जनाको पीसीआर परीक्षण गर्दा ३८५ र १ हजार ११ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गत २४ घण्टामा कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म ११ हजार २८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६८० कोरोना संक्रमित कोरोनामुक्त भएका छन् ।देशभर हाल १२ हजार २ सय ९७ सक्रिय संक्रमित रहेका छन् ।