अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३८ | Colorodo: 23:53

टीका सकिएसँगै काममा फर्कनेहरूको चहलपहल सुरु

बिआरटीनेपाल २०७८ असोज ३० गते ६:०७ मा प्रकाशित

यस बर्षको बडादशैंको टीका सकिएसँगै काममा फर्कनेहरूको चहलपहल सुरु भएको छ । दसैँं मनाउन तथा टीका लागाउन आफन्तकोमा पुगेकाहरू फेरि फर्कन थालेका छन् भने कतिपय भने अझै पनि टीकाकै लागि पनि गइरहेका छन् । टीका लगाउन जाने र लगाएर फर्कनेहरूका कारण काठमाडौंसहित देशभर चहलपहल बढेको छ । शहर बजारबाट दसैँं मनाउन घर गाउँ पुगेकाहरू फर्कने क्रम पनि सुरु भएको छ । हिजो दसैँंको मुख्यदिन ठूलाबडाबाट टीका जमरा तथा आर्शिवाद ग्रहण गरेपछि आजबाट आफ्नो कर्मथलो फर्कनेहरूको चहलपहल बढेको छ ।

यस वर्ष लगभग १० लाख मानिसहरू काठमाडौं उपत्यकाबाट दसैँं मनाउन गाउँ गएको ट्राफिक प्रहरीको तथ्याङ्क छ । उनीहरू आ–आफ्नो कामको शिलशिलाको लागि पुनः फर्कने क्रम सुरु भएको हो । दसैंमा घर जाँदा होस् वा दसैँं मनाएर फर्कदा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ । सिट क्षमता भन्दा बढि यात्रु नराख्न, गाडीको सम्पूर्ण अवस्था राम्रोसँग जाँच गरेर मात्रै चलाउन, गति कम गरेर चलाउन प्रहरीले गाडी चालकहरूलाई आग्रह गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू