अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

साउदीको मक्का र मदिनाका दुई मस्जिद पूर्ण रुपमा खुल्दै – हट्यो सामाजिक दूरीको नियम

बिआरटीनेपाल २०७८ असोज ३० गते ६:१२ मा प्रकाशित

साउदी अरबको मक्का र मदिनमा रहेका दुई मस्जिद आइतबार पूर्ण रुपमा खुल्ने भएको छ। कोरोना भाइरस महामारीको कारण लागू भएको समाजिक दूरीको नियम पनि हटाउने त्यहाँको सरकारले निर्णय गरेको छ।साउदी प्रेस एजेन्सीका अनुसार यी मस्जिदको क्षमता अनुसारको धर्मावलम्बी प्रवेश गर्न पाउनेछन्।

तर साउदी सरकारले कोरोना भाइरस भ्याक्सिनको दुवै मात्राको खोप लगाइसकेकालाई मात्र मस्जिद प्रवेश गर्न दिने छ। साथै मस्जिदपभित्र मास्क अनिवार्य लगाउन पर्ने छ।कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै साउदी अरबमा धार्मिक स्थलमा प्रवेशको विषयमा केही प्रतिबन्ध लगाइएको थियो। अब भने यो नियमलाई हटाउन थालिएको छ।

साउदी अरबको गृह मन्त्रालयले शुक्रबार यो निर्णय सार्वजनिक गरेको थियो। यस्तै मस्जिद प्रवेश गर्नेहरु ट्रेसिङ्ग एपबाट निगरानीमा रहनेछन्।साउदी अरबमा अहिलेसम्म ६७ प्रतिशत मानिसलाई कोरोना भाइरस विरुद्धको खोप लगाईसकिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू