अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:११ | Colorodo: 02:26

साफ च्याम्पियनसिप फाइनल आज, नेपालले भारतको सामना गर्दै

बिआरटीनेपाल २०७८ असोज ३० गते ५:५४ मा प्रकाशित

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा शनिबार नेपालले भारतको सामना गर्दैछ।साफको इतिहासमा पहिलोपटक फाइनलमा पुगेर इतिहास बनाएको नेपाली टोली चीरप्रतिद्वन्द्वी भारतलाई पराजित गरेर उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा छ। तर भारत प्रतियोगिताको इतिहासमा सर्वाधिक सफल टिम हो । खेल नेपाली समय अनुसार बेलुका पौने ९ बजे सुरु हुनेछ । खेलअघि पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण चेम्जोङले टोलीको तयारीबारे जानकारी दिनुभएको थियो ।

प्रशिक्षक श्रेष्ठले नेपालले भारतविरुद्ध पुरानो खेलबारे बिर्सेर नयाँ खेलका लागि तयारी गरिरहेको बताउनुभयो । कप्तान किरणले भने माल्दिभ्स आफ्नो दोस्रो घर रहेकाले स्थानीय समर्थकले नेपालको साथ दिने बताउनुभयो । ‘माल्दिभ्स मेरो दोस्रो घर हो । यहाँ मैले दुई वर्ष टिसी स्पोट्र्स क्लबका लागि खेलेको थिएँ । मलाई यहाँ धेरैले चिन्नुहुन्छ । यहाँ खेल्न पाउँदा खुशी लागेको छ र आशा छ नेपालकै समर्थनमा आउनुहुनेछ । हामी इतिहास रच्न खेल्नेछौं’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू