अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५१ | Colorodo: 14:06

भोलिदेखि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना, हिमाली क्षेत्रमा पर्सिदेखि हिमपात

बिआरटीनेपाल २०७८ असोज ३० गते ५:५० मा प्रकाशित

केही दिनदेखि देशका धेरै ठाउँको मौसम सफा रहे पनि भोलिदेखि भने पानी पर्ने भएको छ । देशका धेरै ठाउँमा भोलिदेखि पानी पर्ने र पर्सिदेखि हिमाली क्षेत्रमा हिमपात सुरु हुने मौसमविद्ले बताएका छन् । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा आंशिकदेखि सामान्य बद्ली हुने मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार बारीमा फलेका अन्नबाली भित्र्याउने र पर्यटक हिमाली क्षेत्रमा ट्रेकिङ्ग गर्न मन पराउने समय रहेकाले किसान र यात्रामा रहेकालाई समस्या हुन सक्नेछ ।

देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली रहने भएकाले हुस्सु लाग्ने, पानी पर्ने, मेघगर्जनसहित चट्याङ्ग पर्ने जस्ता गतिविधि हुने देखिएकाले सामान्य सर्तकता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । मौसम बद्ली भएसँगै गर्मी कम हुँदै जानेछ । आज काठमाण्डाैको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । सबै भन्दा धेरै तापक्रम विराटनगरमा रहेको छ । विराटनगरको अधिकतम तापक्रम ३६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।

Monsoon in Nepal

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू