अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 17:59

स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराका साथ विश्व खाद्य दिवस मनाइँयो

बिआरटीनेपाल २०७८ असोज ३० गते ५:४७ मा प्रकाशित

आज खाद्य दिवस । ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज विश्वभर ४१ औँ विश्व खाद्य दिवस मनाईएको छ । खाद्य तथा कृषि संगठनको स्थापना दिवसको अवसर पारेर विश्व खाद्य दिवस मनाइन्छ । खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५ मा स्थापना भएको थियो । सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो ।

नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔँ, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो । नेपाल कृषिप्रधान देश भएर पनि हामी अर्बौं रुपैयाँ बराबरको धान, चामल, गहुँ, जौ, दलहन जस्ता खाद्यान्नहरू आयात हुने गरेको छ ।जलवायु परिवर्तनले निम्त्याएको खाद्यान्न संकटलाई विश्वभर अहिले २१ औँ शताब्दीको मुख्य चुनौतीको रुपमा हेरिएको छ । जलवायु परिवर्तनकै कारण विश्वका धेरै जसो ठाउँमा रहेको रैथाने अन्नबालीसमेत हराउँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू