अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

रुकुममा प्रहरी र स्थानीय युवाबीच झडप, ७ प्रहरी घाइते

बिआरटीनेपाल २०७८ असोज ३० गते ५:३८ मा प्रकाशित

रुकुम पश्चिमको सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवाबीच झडप भएको छ ।झडपमा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक कपिल शाहीले जानकारी दिनुभयो

घाइते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौं ल्याइएको छ । शुक्रबार राती मुसिकोट नगरपालिका– १ स्थित बागबजारनजिकै पार्किङ्ग गरि राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीले तोडफोड गर्ने युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै ढुंगामुढा र बोतल प्रहार गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको थियो । घटनामा संलग्न ६ जना पक्राउ परेका छन् भने चार जना फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू