अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४१ | Colorodo: 06:56

चीन र भुटानबीच सीमा विवाद अन्त्य गर्ने रोडम्यापमा हस्ताक्षर, भारतको ‘नोटिस’

बिआरटीनेपाल २०७८ असोज २९ गते ३:३८ मा प्रकाशित

चीन र भुटानबीच सीमा विवाद समाधानको लागि एक रोडम्यापमा हस्ताक्षर भएको छ ।  भर्चअुल वार्तामा चिनियाँ उप–विदेशमन्त्री वु जिआङ्गाओ र भुटानका विदेशमन्त्री ताँडी दोर्जेले सीमा विवाद समाधान गर्ने रोडम्यापमा सहमति जुटाएको बीबीसीले जनाएको छ । दुई देशबीचको सीमा विवाद समाधान गर्न बनेको रोडम्याप निकै महत्त्वपूर्ण रहेको खबरमा उल्लेख छ ।

सन् २०१७ मा डोकलम क्षेत्रमा भएको विवादको पाँच वर्षपछि बल्ल भुटान र चीनबीच वार्ता भएको हो । हिजो भएको वार्तापछि भुटानको विदेशमन्त्रालयले विज्ञप्ति निकालेर चीनसँग थ्री स्टेप रोडम्यापको लागि भएको सम्झौताले सीमा समस्यालाई सफलतापूर्वक समाधान गर्न मद्दत पुग्ने बताएको छ ।

चीन र भुटानबीचको सहमतिलाई भारतले नोटिस गरेको जनाएको छ । दुई देशबीच सम्झौता हुनासाथ भारतले दिल्लीमा रहेको भुटानी दूतावासमा सम्पर्क गरेको तर दूतावासले कुनै प्रतिक्रिया दिन इन्कार गरेको द हिन्दुले जनाएको छ । डोकलम क्षेत्रमा भारत, चीन र भुटानबीचको सहमति आवश्यक पर्ने भारतको भनाइ रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू