अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

दशैँ घर र पूजा कोठामा विधिपूर्वक देवी विसर्जन

बिआरटीनेपाल २०७८ असोज २९ गते ३:३४ मा प्रकाशित

दशैँको  मुख्य दिन आज  घटस्थापना गरी पूजा आराधना सुरु गरिएको नवदुर्गा देवीलाई विधिपूर्वक विसर्जन गरिएको छ । देवी विसर्जनका लागि बिहान ८ : १९ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यसै साइतमा हनुमानढोका दरबार दशैँ घरमा देवी विसर्जन गरिएको छ । यसैगरी घर घरका पूजा कोठा एवं दशैँ घरमा पनि देवी विसर्जन गरिएको छ।

विजया दशमीका दिन आज देवी विसर्जन अघि बिहान शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीसहित जया, विजया, अजिता, अपराजिता गरी १३ देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू