नाइजेरियाको सेनाले बिहीवार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका हुन्।अन्तर्राष्ट्रिय समाचारमा जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीवारसम्मा कम्तीमा पनि २५० जना मारिएका हुन् । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरु मारिएका पनि समाचारमा जनाइएको छ ।
अबुजामा बिहीवार गराइएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो । यस क्रममा यहाँको सेनाले गरेको कारबाहीका क्रममा अरु ६ सयभन्दा बढीलाई पक्राउ गरिएको छ । उनीहरुलाई यहाँका विभिन्न कारागारमा राखिएको पनि बताइएको छ । सैन्य प्रवक्ताले सो पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यस कारबाहीलाई यहाँको सेनाले एक सफल सैन्य कारबाही भनेको छ । नाइजेरियाको उत्तरपूर्वी विभिन्न स्थानमा अज्ञात हतियारधारीहरुले नागरिकको हत्या गर्ने गर्दछन् ।