अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

नेपाली राष्ट्रिय फुटबल टीमलाई राष्ट्रपति भण्डारीको बधाई

बिआरटीनेपाल २०७८ असोज २८ गते ६:२७ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको नेपाल राष्ट्रिय फुटबल टीमलाई बधाई दिाुभएको छ । साफ च्याम्पियनसिप फुटबलको इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेपछि बिहीबार राष्ट्रपति भण्डारीले ट्वीट गर्दै नेपाली टोलीलाई बधाई दिनुभएको हो ।

उहाँले ट्वीटरमा लेख्नुभएको छ , ‘साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथम पटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै फाइनल प्रतिस्पर्धामा समेत सफलताको लागि अग्रिम शुभकामना दिन चाहन्छु।’

माल्दिभ्समा बुधबार भएको खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको थियो। अब नेपालले उपाधिका लागि शनिबार भारतसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू