अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०२ | Colorodo: 09:17

महानवमीकाे दिनमात्र खुल्ने तलेजु भवानीकाे मन्दिरमा भक्तजनकाे भीड

बिआरटीनेपाल २०७८ असोज २८ गते ५:४९ मा प्रकाशित

बडादशैँकाे नवाैँ दिन देवीकाे शक्तिपीठमा भक्तजनकाे भीड लागेकाे छ ।काठमाडाैं उपत्यकाकाे शक्तिशाली देवीकाे रूपमा परिचित तथा महानवमीका दिनमात्र खुल्ने हनुमानढोका दरबारस्थित तलेजु भवानी मन्दिरमा पूजा, आराधना एवं दर्शन गर्न बिहान ४ बजेदेखि नै भक्तजनकाे भीड लागेकाे छ ।

तलेजु भवानी मन्दिर वर्षमा एक दिन आज अर्थात महानवमीकाे दिनमात्र भक्तजनका लागि खुला गरिन्छ । गत वर्ष भने कोरोना महमारीका कारण मन्दिर भक्तजनका लागि खुला नगरिएकामा यस वर्ष कोरोना जोखिम कम रहेको र धेरैले खोप लगाएकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर मन्दिर खुला गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू