अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३५ | Colorodo: 11:50

ताइवानमा १३ तले भवनमा आगलागी हुँदा ४६ जनाकाे ज्यान गयाे

बिआरटीनेपाल २०७८ असोज २८ गते ५:२९ मा प्रकाशित

दक्षिणी ताइवानमा एक भवनमा आगलागी हुँदा कम्तीमा ४६ जनाको ज्यान गएको छ । काउशुङ्ग सहरमा १३ तले भवनको माथिल्लो तालमा फ्ल्याटमा रहेका मानिसहरू फसेका थिए । फायर ब्रिगेड (दमकल दल) का अनुसार तल्लो तलामा उपयोगमा नआउने सामान थुपारिएको हुँदा उद्धार कार्यमा समस्या आइरहेको थियो । आगो निभाउन चार घण्टाभन्दा धेरै समय लाग्यो ।

७९ जनालाई अस्पताल पुर्‍याइएकाे दमकल दलले बीबीसीलाई बताएका छन् । त्यस भवनमा एक सय जनाभन्दा धेरै मानिस बस्दै आएकामा धेरैजसो वृद्ध र अशक्त रहेका बताइएको छ । आगलागीको कारणबारे अझै थाहा भएको छैन । त्यस भवनमा रहनेहरूले एक विस्फोटको आवाज सुनेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू