अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०८ | Colorodo: 23:23

नर्वेमा धनुषवाण आक्रमण हुँदा पाँच जनाको ज्यान गयो

बिआरटीनेपाल २०७८ असोज २८ गते ५:१७ मा प्रकाशित

नर्वेको राजधानी ओस्लोबाट दक्षिण पश्चिमी क्षेत्रमा पर्ने कोङग्सबेर्गमा आक्रमण हुँदा पाँच जनाको ज्यान गएको छ ।

दुई जना घाइते भएका छन् । आक्रमणमा संलग्न रहेको आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार एक जनाले मात्रै आक्रमण गरेको देखिएको छ ।

तर आक्रमणको उद्देश्य थाहा हुन नसकेको प्रहरीले जनाएको छ । आक्रमणकारीले धनुषवाणले आक्रमण गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू