अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१३ | Colorodo: 23:28

विश्व दृष्टि दिवस : विश्वमा दुई अर्ब भन्दा बढी मानिस दृष्टिरोगबाट प्रभावित

बिआरटीनेपाल २०७८ असोज २८ गते ५:१० मा प्रकाशित

आज विश्व दृष्टि दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरीमनाईएको छ । विश्वमा दुई अर्ब भन्दा बढी मानिसमा दृष्टिरोगको समस्या र दृष्टिविहिनताको समस्याबाट प्रभावित भएको पाइएको छ । त्यसमध्ये ३ करोड ९० लाख मा निसहरुमा अन्धोपनको समस्या रहेको छ । यस्तै करिब एक अर्ब जनता अझै पनि सेवाको पहुँच बाहिर छन् । विश्का कुल दृष्टिविहिनहरुमध्ये करिब ६५ प्रतिशत मानिस ५० वर्ष उमेर माथिका रहेका छन् । यस्तै करिब १ करोड ९० लाख बालबालिकाहरुमा दृष्टिदोषको समस्या रहेको पाइएको छ ।

यस्तै, अन्धोपनका प्रमुख कारणहरुमध्ये मोतिविन्दु मुख्य कारण रहेको पाइएको छ । अन्धोपनका समस्या भएकाहरुमध्ये ६५ प्रतिशत मोतिविन्दु, १४ प्रतिशत आँखाको पर्दाजन्य रोगहरु, ६ प्रतिशत आँखाको नानीमा हुने अन्धोपन, ५ प्रतिशत जलविन्दु र १० प्रतिशत अन्य रहेको छ ।नेपालमा शिक्षा, चेतनाको कमी तथा सेवाको पहुँचको कमीले गर्दा दृष्टिविहिनताको स्थिति अझै प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको नेपाल नेत्रज्योति संघले जनाएको छ ।

नेपालमा ६ मिटरको दुरीलाई आधार मान्दा अनुमानित २ लाख २० हजार मानिसहरु दृष्टिबिहिन रहेका छन् भने ३ मिटरलाई आधार मान्दा अनुमानित ९३ हजार ४ सय मानिसहरु दृष्टिविहिन छन् । ती मध्ये ५० वर्ष माथिका मानिसको संख्या २ दशमलब ५ प्रतिशत रहेको छ ।

नेपालमा कुल दृष्टिविहिनमध्ये ६६ प्रतिशतको दृष्टिविहिनतालाई उपचारका माध्यमबाट नै निवारण गर्न सकिन्छ भने १६ प्रतिशतको दृष्टिविहिनतालाई रोकथाम गर्न सकिने खालको रहेको छ ।हालै नेपाल नेत्रज्योति संघले सबै प्रदेशमा अन्धोपन सर्वेक्षणसमेत गरेको जनाएको छ । नेपालमा मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगहरुको कारण हुने अन्धोपन, जलविन्दु, रेटिना सम्बन्धि समस्याहरु वृद्धि हुँदै गएको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू