अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 04:59

जापानका प्रधानमन्त्रीद्धारा संसद विघटन, अक्टोबर ३१ मा संसदीय निर्वाचन

बिआरटीनेपाल २०७८ असोज २८ गते ५:०४ मा प्रकाशित

चुनावको तिथि तोक्दै जापानका प्रधानमन्त्री फुकिओ किशिदाले संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गर्नुभएको छ ।बैठकलगत्तै उहाँले संसद विघटन भएको जानकारी दिनुभएको हो ।जापानमा आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ । प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ ।

सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा निर्वाचित भएपछि फुकिओ किशिदा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । अक्टोबर ४ मा प्रधानमन्त्री किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै नयाँ निर्वाचनको तयारी थाल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने कार्यक्रम समेत घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू