अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

नेपालमा ३ सय ६५ जनामा कोरोना पुष्टि, ६ सय ९ जना निको

बिआरटीनेपाल २०७८ असोज २७ गते ५:२४ मा प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर तीन सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार पाँच सय ९४ जनाको नमुना परीक्षण गर्दा पाँच सय ९४ जना अर्थात् परीक्षणको ६ दशमलव ५२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै २४ घण्टामा ६ सय नौ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७८ हजार तीन सय ५० जना पुगेको छ ।

यही अवधिमा थप चार जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ६१ पुगेको छ । अहिले १४ हजार दुई सय ६७ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय १५ जनाको आईसीयू र एक सय सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

२४ घण्टामा थप दुई हजार दुई सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ८३ लाख ८३ हजार आठ सय ८७ जनाले पहिलो मात्रा र ६४ लाख ६८ हजार आठ सय ९० जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू