अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१६ | Colorodo: 19:31

सवारी दुर्घटनाक‍ा समाचारले स्तब्ध छु : प्रधानमन्त्री देउवा

बिआरटीनेपाल २०७८ असोज २६ गते २०:०९ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताउनुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले सो समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले ती दुर्घटनामा मृत्यु भएकाहरुका परिवारलाई उचित राहत र घाइतेहरुको उद्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताउनुभयो ।
साथै प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत गर्न, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका सबै मापदण्डहरू अपनाउन पनि ट्वीटमार्फत‍ सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू