अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३० | Colorodo: 07:45

खुला बजारमा बिजुली बिक्री नगर्न भारतको चेतावनी

बिआरटीनेपाल २०७८ असोज २६ गते १९:५७ मा प्रकाशित

भारतले खुला बजारमा बिजुली बिक्री नगर्न चेतावनी दिएको छ । कोइला सङ्कट चुलिँदै गएकाले भारतको केन्द्र सरकारले खुला बजारमा बिजुली नबेच्न चेतावनी दिएको हो । कोइला सङ्कट गहिरिँदा कोइलाबाट चल्ने पावर प्लान्टहरुमा असर गर्ने देखिएको छ । कोइलाको आपूर्ति कम भएकाले बिजुलीको प्रयोगलाई बढी जोड दिँदा बिजुलीको माग बढिरहेको छ ।

कतिपय राज्यमा घण्टौँसम्म बिजुली जाने समस्या देखिन थालेको छ । सरकारी कोइला कम्पनी कोल इन्डिया लिमिटेडले पर्याप्त मात्रामा कोइलाको आपूर्ति नभएको जनाएपछि बाहिरी देशबाट पनि कोइला मगाउनका लागि अनुमति प्रदान गरेको छ ।

बिहार राज्यले पछिल्लो पाँच दिनमा निजी क्षेत्रसँग बिजुली किन्नका लागि भनेर अग्रिम ९० करोड रुपैयाँ भुक्तानी दिइसकेको छ । यसबाट बिहारमा ५ हजार ५ सय मेगावाटको पिक आवरको लोड धान्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू