अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

डेनमार्क विश्वकप फुटबलको लागि छनौट

बिआरटीनेपाल २०७८ असोज २६ गते १९:५२ मा प्रकाशित

युरोपेली मुलुक डेनमार्क अर्को वर्ष हुने फिफा विश्वकप फुटबलको लागि छनौट भएको छ । गएरातिको खेलमा अष्ट्रियालाई १–० ले हराउँदै डेनमार्कले अर्को वर्ष हुने कतार विश्वकपमा आफ्नो ठाउँ पक्का गरेको हो ।यो सँगै डेनमार्क विश्वपमा छनौट हुने तेस्रो राष्ट्र बनेको छ । यसअघि आयोजक कतार र जर्मनीले विश्वकपमा ठाउँ सुरक्षित गरिसकेका छन् । गएरातिको जितपछि विश्वकप छनौटको युरोपेली समूह एफ मा डेनमार्कले ८ खेलबाट २४ अंक जोडेको छ ।

जारी छनौटमा डेनमार्कले अहिलेसम्म सबै ८ खेल जितेको छ । यो समूहमा १७ अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा छ । गएराति भएको अर्को खेलमा क्रिश्चियानो रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले लक्जेम्बर्गलाई ५–० ले हरायो ।यो समूहमा पोर्चुगल १६ अंकसहित दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको सर्विया १७ अंकसहित शिर्ष स्थनमा रहेको छ ।

विश्वकप छनौटका अन्य खेलहरुमा स्विडेनले ग्रिसलाई २–० ले हराउँदा स्विट्जरल्याण्डले लथुआनियालाई ४–० ले, इजराइलले माल्दोभालाई २–१ ले तथा पोल्याण्डले अल्बानियालाई १–० ले हराएका छन् । इंग्ल्याण्डले भने हंगेरीसँग १–१ गोलको बराबरी खेलेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू