अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४३ | Colorodo: 02:58

साफ च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै

बिआरटीनेपाल २०७८ असोज २६ गते १९:४७ मा प्रकाशित

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपालले बंगलादेशसँग खेल्दैछ ।यो खेल मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ ।

बंगलादेशविरुद्ध बराबरी वा जितले नेपाल पहिलो पटक साफको फाइनलमा पुग्नेछ । नेपाल अहिलेसम्म साफको फाइनलमा पुगेको छैन ।जारी प्रतियोगितामा समुह चरणका खेलपछि शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । पाँच टोली सहभागी प्रतियोगितामा नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानमा रहेको माल्दिभ्सको पनि ६ अंक नै छ । भारत ५ अंकसहित तेस्रो स्थानमा छ भने बंगलादेश ४ अंकबाट चौथो स्थानमा छ । अन्तिम खेलमा भारत र माल्दिभ्स खेल्नेछन् । नेपालले यसअघि माल्दिभ्स र श्रीलंकालाई हराएको थियोभने भारतसँग पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू