अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५ | Colorodo: 09:50

युराेपेली सङ्घले अफगानिस्तानलाई एक बिलियन युराे सहयाेग गर्ने

बिआरटीनेपाल २०७८ असोज २६ गते १९:४६ मा प्रकाशित

युराेपेली सङ्घले अफगानिस्तानलाई एक बिलियन युराे सहयाेग गर्ने घाेषणा गरेकाे छ । याे सहयाेग रकम तालिबानकाे अन्तरिम सरकारकाे सट्टा त्यहाँ काम गरिरहेका अन्तर्राष्ट्रिय सहयाेगी एजेन्सीकाे माध्यमबाट अफगान नागरिकलाई दिइनेछ ।

सङ्घकी प्रमुख उर्सुला वान डेर लेयनले याे सहयाेग मानवीय र सामाजिक आर्थिक ढाँचा बर्बाद हुनबाट राेक्नका लागि भएकाे बताउनुभयाे । सङ्घकी प्रमुख वान डेर लेयनले इटलीमा भइरहेकाे जी–२० सम्मेलनका क्रममा आज मङ्गलवार यसकाे जानकारी दिनुभएकाे हाे ।

उहाँले भन्नुभयाे, ‘मानव अधिकारकाे सुरक्षासहित अफगानिस्तानकाे सहयाेग गर्ने हाम्राे सर्त स्पष्ट छ । तर तालिबानकाे कदमकाे मूल्य अफगान नागरिकले चुकाउनु पर्दैन । याे सहयाेग अफगान नागरिकका लागि हाे ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू