अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

नेपाली ब्राण्डकाे अन्तर्राष्ट्रियकरण: गोल्डस्टार जुत्ता अबदेखि अमेरिकामा पनि पाइने

बिआरटीनेपाल २०७८ असोज २६ गते ७:०१ मा प्रकाशित

गोल्डस्टारका जुत्ता अब अमेरिकामा पनि पाइने भएको छ। नेपाली ब्रान्ड गोल्ड स्टार जुत्ता अब अमेरिकामा पनि पाइने भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले नेपाली ब्राण्ड अन्तर्राष्ट्रिय ब्राण्ड बन्न लागेकोमा सम्पूर्ण निजी क्षेत्रले गर्व गर्नुपर्ने बताउनु भएको छ । मुरारकाले सामाजिक सञ्जाल टुईटरमार्फत फोटो सेयर गर्दै अब गोल्ड स्टार जुत्ता अब अमेरिका पनि पाइने लेख्नु भएको छ।

एक कार्यक्रमकाबीच जुत्ताको अमेरिकामा लन्च समेत गरिएको छ । सन् १९७० मा स्थापित यस उद्योगले स्थापनाको ५२ वर्षपछि अमेरिकी बजारमा पनि आफ्नो उत्पादन बेच्न सफल भएको हो । यस कम्पनीका डाइरेक्टर अमिर प्रताव जेबी राणा हुनुहुन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू