अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४१ | Colorodo: 07:56

पूर्वकप्तान पारस खड्का क्रिकेट एकेडेमी खोल्ने तयारीमा

बिआरटीनेपाल २०७८ असोज २६ गते ६:५८ मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट एकेडेमी खोल्ने तयारी गर्नुभएको छ । आज उहा्रँले सामाजिक सञ्जालमार्फत् छिट्टै क्रिकेट एकेडेमीको सुरुवात गर्ने जानकारी दिनुभएको छ ।

सो एकेडेमीको नाम ’क्रिकेट एक्सिलेन्स सेन्टर’ राखिएको छ । ’सपनालाई विपनामा परिणत गर्दै,’ भन्दै शाहले सामाजिक सञ्जालमा लोगो समेत राख्नुभएको छ।

खड्काले हालै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिनुभएको थियो । गत साउनमा संन्यास लिएपछि पत्रकार सम्मेलनमा उहाँले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताउनुभएको थियो । त्यस्तै, उहाँले एकेडेमी खोलेर देशभर पुर्याउने समेत बताउनुभएको थियो ।

प्रतिक्रिया