अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 18:45

भारतको उत्तर प्रदेशमा किसानको आन्दोलन फेरी सुरु, हिंसा भड्किन नदिन सुरक्षा व्यवस्था कडा

बिआरटीनेपाल २०७८ असोज २६ गते ६:४९ मा प्रकाशित

भारत, उत्तर प्रदेशको लखीमपुर खिरीका किसाानहरुले सरकारलाई दिएको अल्टिमेटम सकिएपछि आजदेखि फेरी आन्दोलन थालेका छन् ।आन्दोलनका क्रममा उनीहरुले लखीमपुरको खिरीमा ब्यापक प्रदर्शन गरेका छन् । सरकार बिरुद्ध चर्को नारा लगाउँदै आन्दोलमा उत्रेका प्रदर्शनकारीले यातायात सेवा समेत अवरुद्ध पारेका छन् ।

प्रदर्शनलाई ध्यानमा राखी सुरक्षा ब्यबस्था निकै कडा तुल्याईएको छ । यसअघि भएको आन्दोलनका क्रममा ८ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको थियो ।

केन्द्रिय गृह राज्यमन्त्रीका छोरा आशिष मिश्राको गाडीले किचेर ४ जनाको मृत्यु भएको आरोपमा उनलाई पक्राउ गरिएको छ । किसानले चार वटा माग राखेर आन्दोलन जारी राखेकै बेला अप्रिय घटना भएको थियो । भारतमा केन्द्र सरकारले ल्याएको कृषि सम्बन्धी तीन नयाँ कानूनको विरोधमा गत वर्षदेखि नै किसान आन्दोलित हुँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू