अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४७
| Colorodo: 21:02
सिन्धुपाल्चोकको लामोसाँघु जिरी सडक खण्डको ७ किलोमा बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । काठमाडौंबाट दोलखाको चरिकोटका लागि छुटेको बस लामोसाँघु जिरी सडक खण्डको ७ किलोमा दुर्घटना भएको हो । बा ४ ख १८०२ नम्बरको काठमाडौंमा चल्ने कान्तिपुर यातायातको बस सडकबाट केही तल खसेको जिल्ला प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिनुभयो ।
बसका चालक प्रहरीको नियन्त्रणमा छन् भने ३३ घाइतेमध्ये ३ को अवस्था गम्भीर भएपछि काठमाडौंका विभिन्न अस्पताल रिफर गरिएको छ । मोडमा रोकेर तातेको इन्जिनमा पानी हाल्न खोज्दा गुडेर बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।