अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५३ | Colorodo: 08:08

नेपालमा थप ७ सय ९२ जनामा कोरोना संक्रमण , १४ जनाको मृत्यु

बिआरटीनेपाल २०७८ असोज २६ गते ६:२६ मा प्रकाशित

पछिल्लो २४ घण्टामा थप ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ६० पीसीआर परीक्षणमा ६९१ र दुई हजार ५५९ एन्टिजेन परीक्षणमा १०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ ।गत २४ घण्टामा ९१० संक्रमित संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू