अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 11:08

राजसंस्थासहितको प्रजातन्त्रका पक्षमा पूर्वराजाले दिएको सन्देशमा बाबुराम भट्टराईको आपत्ति

बिआरटीनेपाल २०७८ असोज २६ गते ६:१८ मा प्रकाशित

जनता समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर बस्न सुझाव दिनुभएको छ ।पूर्वराजा शाहले मंगलबार दिएको दशैंको शुभकामना सन्देशलाई केन्दीत गर्दै भट्टराईले पूर्वराजा शाहलाई चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेर बस्न सुझाव दिनुभएको हो ।

शाहले आफ्नो शुभकामना सन्देशमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र नेपालजस्तो देशमा सान्दर्भिक नहुने तर्क दिनुभएको थियो ।
डा। भट्टराईले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको छ, ‘राजसंस्थाविनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउनु जस्तै भ्रमको खेति गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो ।

पूर्वराजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीवोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु बेश हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू