अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५१ | Colorodo: 23:06

अमेरिका/तालिवान वार्ता -अमेरिकाले आर्थिक सहयोग गर्ने तालिवानको दावी

बिआरटीनेपाल २०७८ असोज २५ गते २२:४६ मा प्रकाशित

अमेरिकाले अफगानिस्तानमा मानविय सहायता गर्ने सहमति जनाएको तालिवानले दावी गरेको छ ।गत अगस्टमा अफगानिस्तानमा तालिवानीले कब्जामा लिएपछि पहिलो पटक भएको वार्तामा अमेरिकाले अफगानिस्तानमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको तालिवानीले जनाएको छ ।

दुई दिनदेखि कतारको दोहामा तालिवानका प्रतिनिधि र अमेरिकी अधिकारीहरू वार्तामा छन् । वार्तामा अफगानिस्तान नागरिकलाई सहयोग गर्ने विषयमा छलफल भएको तालिवानलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । तर, तालिवानी सरकारलाई मान्यता दिन भने अमेरिकाले अस्वीकार गरेको छ ।

यस्तै मानविय सहायताका लागि तालिवानीले सहजीकरण गर्ने पनि सहमति भएको बताइएको छ । तर, उक्त वार्ताका बारेमा अमेरिकाले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।यस्तै वार्तामा अफगानिस्तानमा रहेका विदेशी नागरिकको बर्हिगमनलाई सहज बनाउने बारेमा पनि छलफल भएको बताइएको छ ।

गत महिना भएको दाताहरूको सम्मेलनमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानमा ठूलो मानविय सहायता आवश्यक रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू