अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

अष्ट्रेलियाको सिड्नीलगायतका शहरमा लकडाउन हट्यो

बिआरटीनेपाल २०७८ असोज २५ गते २२:४४ मा प्रकाशित

अष्ट्रेलियाको सिड्नी लगायतका शहरमा लगाइएको लकडाउन चार महिनापछि हटेको छ ।डेल्टा भेरियन्ट फैलिएपछि गत जुनबाट सिड्नीमा लागु गरिएको लकडाउन कोराना संक्रमणमा कमी आएपछी फुकवा गरिएको हो ।

लकडाउन हटेसंगै बजारमा समान किन्नेको घुँइचो लाग्नुका साथै बिहानैदेखि रेष्टुराँहरु भरिभराउ भएका छन् ।त्यहाँका नागकिरहरुले आफुहरु स्वतन्त्र भएको भन्दै साथीभाइ आफन्तसंगको पुनर्मिलनको रुपमा ब्याख्या गरेका छन् ।

अष्ट्रेलियामा खोपको पुर्ण मात्रा लगाएकाहरुलाई बिदेश भ्रमणको अनुमति समेत दिइएको छ । अष्ट्रेलियामा डेल्टा भेरिएन्टको प्रकोप फैलिपछी सिड्नी शहर बढी प्रभावित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू